चौघडामा माघ १६ गते ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने

हेटौंडा/तामाङ समुदायको नयाँ वर्ष (सोनाम ल्होछार) २८५९ ह्योई ल्हो (बिरालो वर्ष) को शुभ अवसरमा हेटौंडा उपमहानगरपालिका ६ चौघडामा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल तामाङ घेदुङ हेटौंडा ६ वडा इकाई समितीले तमाङ समुदायको कला संस्कृति जोगेर्ना गर्ने तथा समाजमा जनचेतना जगाउने उदेश्यका साथ कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष तिलकमाया रुम्बाले बताउनु भयो ।
चौघडामा रहेको रोहिणी हाउजिङ भित्र हुने कार्यक्रममा झाँकी सहितको र्याली, नृत्य तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुत रहने समितीका सचिव गंगा लामाले बताउनु भयो ।

समाचार समाज