वाग्मती गोल्डकपको खेल तालिका सार्वजनिक

मकवानपुर – पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बागमती खेलकुद विकास समितिको आयोजकमा पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सात ए डिभिजन लिग, एक विदेशी र दुई स्थानीय टोली गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले आठ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले व्यक्तिगत विधाका लागि पाँच हजार नगद सहित आकर्षक पुरस्कार प्रदान गर्नेछ । साथै छ विधामा उत्कृष्ट खेलाडी जनही दश हजारका दरले पुरस्कृत हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।-praharkhabar

खेलकुद समाचार