हेटौंडा बसपार्कबाट लागुऔषध सहित दुई जना पक्राउ 

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–७ लक्षिमिटोल बस्ने २० वर्षीय पवन कुमार श्रिवास्तब र सोही स्थान बस्ने १६र१७ वर्षीय अजय माझीलाई पाँच किलो लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसपार्क क्षेत्रमा शंकास्पद रुपमा हिडिरहेका पवन र अजयलाई चेकजाँच गर्दा साँढे दुई–दुई किलो लागुऔषध गाजाँ फेला परेको थियो । उनिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

समाचार समाज