न्यूनतम साझा कार्यक्रमलाई फाइनल गर्न मस्यौदा कार्य दलको बैठक

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ।शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो। कार्य दलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ।सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।

एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुलुक ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहेका छन्।

सत्तारूढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा हाल ८ सदस्यीय मन्त्रिमण्डल रहेको छ।

मुख्य समाचार राजनीति समाचार