भिमफेदी–१ बाघझोरामा सुमो पल्टियो,९ जना घाइते

हेटौंडा – हेटौडा–भैसे सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरामा यात्रुबहाक सुमो दुर्घटना भएको छ । काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ३४७६ नम्बरको सुमो आफै अनियन्त्रित भएर नालिमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहिबार साँझ भएको दुर्घटनामा सुमोमा सवार ९ जना घाइते भएका छन् । घाइते हुनेमा बकैया गाउँपालिका–१ महादेवडाडँ बस्ने ३३ वर्षीय बिबाई सिं बल, जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने २५ वर्षीया मन्जु आचर्य, हेटौडा उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय सुनिल ठाकुर, उनकी छोरी ५ वर्षीया मुस्कान ठाकुर, रौतहट घर बताउने १९ वर्षीय अभय ठाकुर, बिरगंज महानगरपालिका–३ बस्ने ५८ वर्षीय ईमामोदिन महमद, उनकी श्रीमती ४८ वर्षीया रमिता कोम, उनकी छोरी १२ वर्षीया आसिया महमद र सिमरा उपमहानगरपालिकाद्द३ बस्ने २३ बर्षीय आकश साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका ९ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

समाज