सुनचाँदीको भाउ घट्यो

हेटौंडा। नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।साताको छेठौं दिन शुक्रबार सुन र चाँदी अघिल्लो दिनको तुलनाम घटेको हो।  

बिहीबार १ लाख ३ हजार १०० सय  रूपैयाँमा कारोबार भएको छापावाल सुन आज  तोलामा ८ सयले घटेर १ लाख २ हजार ३०० पुगेको छ।त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख १ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी चाँदीको मूल्य बुधबारको तुलनामा २० रुपैयाँले घटेको छ। चाँदीको  भाउ आज  १ हजार ३ सय ६५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी सिल्प व्यवसायी संघले जनाएको छ ।

अर्थ