मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

जनकपुर :  मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले. नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ।

मधेस प्रदेशको मुख्‍मन्त्री जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको गरेका छन्। प्रदेश प्रमुख मिश्रले मुख्‍यमन्त्रीमा दाबी पेस गर्ने समय भोलिसम्मका लागि तोकेका थिए।

मुख्य समाचार राजनीति