मउवा संघको प्रवक्तामा चौलागाई चयन

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको प्रवक्तामा उज्वल चौलागाईलाई चयन गरिएको छ । संघको मंगलबार बसेको बैठकले उनलाई संघको प्रवक्तामा चयन गरिएको हो । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले संघको विधानमा पदाधिकारीबाट प्रवक्ता चयन गर्ने उल्लेख बमोजिम चौलागाईलाई प्रवक्ता तोकिएको हो । चौलागाई संघको एशोसियट उपाध्यक्ष हुन् ।

उनी संघको २०७१—७४को कार्यकालमा सचिव रहेका थिए । संचारउद्यमी समेत रहेका चौलागाई संघको उपाध्यक्ष सहित प्रवक्ता भएका हुन् ।

समाज