राप्रपाका भुवन पाठक बागमतीको सभामुख बन्ने निश्चित

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री भुवन पाठक बागमती प्रदेशको सभामुख बन्ने भएका छन् ।

बिहिबार हुने सभामुखको मनोनयन तथा चयन प्रक्रियामा सत्तारुढ गठबन्धनबाट पाठकले उम्मेदवारी दिने भएसँगै पाठक सभामुख बन्ने भएका हुन् । सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले सभामुख बन्ने भएका हुन् ।

पाठकले आफुलाई पार्टी र गठबन्धनले विश्वास गरेर सभामुखको जिम्मेवारी दिएको बताउँदै पार्टी र गठबन्धनको विश्वासलाई कायम गर्ने बताए ।

सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो ।

एमालेले भने भोली मात्र दलको बैठक बसेर उपसभामुखको उम्मेदवार चयन गर्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति