लुम्बिनी प्रदेश : मुख्यमन्त्री लीला गिरीले लिए शपथ

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।दाङको देउखुरीमा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री गिरीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुख्यमन्त्री गिरीले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्। दुवै विना विभागीय मन्त्रीको रूपमा प्रदेश प्रमुखले नै शपथ गराएका छन्।

प्रदेश समाचार राजनीति लुम्बिनी प्रदेश