माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट

l नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेट भएको छ ।अध्यक्ष नेपालले जापानी संसद्का सदस्य मासाकी जैरासँग बिहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेका हुन्। 

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले दुवै मुलुकको सम्बन्ध र हितबारेमा धरणा राख्दै नेपालको विकासका लागि जापानको भूमिकाको सराहना गरे। 

अन्तराष्ट्रिय राजनीति