नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन फार्मेसी परिषदको निर्देशन

नेपाली औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूमध्ये नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदले निर्देशन दिएको छ।शुक्रबार एक सूचना जारी गर्दै परिषदले औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूलाई नाम दर्ता गराउन अनुरोध गरेको हो। परिषदले औषधी उत्पादन तथा गुणस्तर कायम गर्न नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम नाम दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नमिल्ने व्यवस्था रहेको भन्दै उक्त सूचना जारी गरेको समेत जनाएको छ।

समाचार समाज