प्रदेश १ मा आज उपसभामुख  निर्वाचन

मोरङ : प्रदेश १ मा उपसभामुखको निर्वाचन शनिबार हुँदैछ। बिहान ११ बजे बस्ने बैठकसँगै मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ।उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा एमालेकी सिर्जना दुनुवारको उम्मेवारी परेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्र को १३, राप्रपाको छ, नेकपा एकीकृत समाजवादीको चार र जसपाको एक  गरी ९३ सदस्य रहेका छन्। 

प्रदेश - १ प्रदेश समाचार राजनीति समाचार