मधेश प्रदेश : सभामुखका लागि आज उम्मेदवारी दर्ता

जनकपुरधाम : मधेश प्रदेशसभा सभामुखको उम्मेदवारी दर्ता गरिँदैछ। प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा शनिबार बिहान ११ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते हुने निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता र नामावली प्रकाशन  हुनेछ।  

सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवद्वारा जारी सूचनामा उल्लेख छ। सत्ता गठबन्धनबीच मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले) र उपसभामुख जनमत पार्टीले पाउने गरी सहमति भएको छ।

प्रदेश समाचार मदेश प्रदेश राजनीति