माघे संक्रान्ति मनाउन लुम्बिनी प्रदेशमा दुई दिन बिदा

दाङ : लुम्बिनी प्रदेश सरकारले  माघे संक्रान्ति/माघी पर्वका अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको छ।गत चैत २१ को मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेशमा माघ २ गते सार्वजनिक  बिदा दिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । यससँगै लुम्बिनी प्रदेशमा माघे संक्रान्ति/माघीको बिदा दुई दिन हुने भएको छ। माघ १ गते भने संघीय सरकारले नै बिदा दिएको छ।

माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले माघी मिलन कार्यक्रम समेत गर्ने भएको छ।  माघ २ गते आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयको प्रांगणमा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको समेत जनाइएको छ।   

प्रदेश समाचार लुम्बिनी प्रदेश समाचार