मैले राष्ट्रिय सहमतिकै प्रधानमन्त्री भएको अनुभूत गरेको छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन्। कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। 

‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो।  करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’ उनले भने, ‘यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो। मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ।’​उनले मुलुकको विकास र समृद्धिका निम्ति डटेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

मुख्य समाचार राजनीति