बागमती प्रदेशसभाको उपसभामुखमा तीन जनाको उम्मेदवारी

हेटौंडा – बागमती प्रदेश सभाको उपसभामुखमा तीनजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार हुन् ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा छन् ।

यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० को तर्फबाट गिता काफ्लेले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू छन् ।

प्रदेश उपसभामुखको निर्वाचन आगामी माघ २ गते दिउँसो ३ बजे हुने गरी कार्यतालिका तय भएको छ । प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य छन् ।

प्रदेश सभामा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । यसैगरी, कांग्रेसको ३७ र नेमकिपाको तीन जना प्रदेश सभा सदस्य छन् ।

सात जना प्रदेश सभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) प्रदेश सभामुखको निर्वाचनमा तटस्थ रहेको थियो । -praharkhabar

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार