मकवानपुरगढीका एमाले नेता रुम्बालाई पितृ शोक

२ माघ,मक्रान्चुली- तत्कालीन मकवानपुरगढी गाविसका पुर्व अध्यक्ष तथा एमालेका नेता पृतमराम रुम्बा लामालाई पितृ शोक परेको छ । रुम्बाका पिता जितबहादुर रुम्बा लामाको १ सय वर्षको उमेरमा हिजो निधन भएको हो ।

स्वर्गीय लामाका ३ छोराहरु रहेका छन् । जेठो छोरा पृतमराम रुम्बा २०५४ सालको स्थानीय निकायको चुनाव अन्तर्गत तत्कालीन मकवानपुरगढी गाविसको अध्यक्षमा एमालेका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ अहिले एमाले मकवानपुर जिल्ला कमिटीका सल्लाहकार हुनुहुन्छ ।

स्वर्गीय रुम्बाको जेठी बुहारी हर्कमाया रुम्बा यस अघि मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष रहनु भएको थियो । साथै एमाले बागमती प्रदेश कमिटीको सदस्य पनि रहनु भएको छ ।

स्वर्गीय रुम्बालाई श्रद्धाञ्जली अर्पण गर्न बागमती प्रदेश सभाका माननीय सांसद तथा एमाले नेता एकलाल श्रेष्ठ, एमाले नेताहरु रामेश्वर राना, रघुनाथ खुलाल, फुर्वा लामा, बिदुर हुमागाई, बलराम हुमागाई, राजेन्द्र श्रेष्ठ, एमाले गाउँपालिका अध्यक्ष रामजी सापकोटा लगायतका नेताहरू रुम्बाको निवास पुग्नु भएको थियो । साथै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान , उपाध्यक्ष मान कुमारी पाख्रीन(नेपाली), वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरे पनि श्रद्धाञ्जली अर्पण गर्न निवासमै पुग्नु भएको थियो । स्वर्गीय रुम्बाको आज लामा वैधिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

मुख्य समाचार समाज