राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन्।

पार्टी संसदीय दलको विधान अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।  तत्कालीन सत्तारुढ गठवन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो ।

तर, अध्यक्ष लिङ्देनमा मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन्।

मुख्य समाचार राजनीति समाचार