कर्णालीकाे उपसभामुखमा न्याैपाने निर्वाचित

सुर्खेत – कर्णाली प्रदेश सभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित हुनुभएकाे छ । 

आज बुधवार प्रदेश सभामा भएको मतदानमा न्याैपाने २५ मत ल्याएर उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । उहाँलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १३, राप्रपा र एकीकृत समाजवादीका एक–एक जना सांसदले मत दिएका थिए । 

न्यौपाने समानुपातिक सांसद हुनुहुन्छ । कर्णाली प्रदेश सभामा ४० सदस्य रहेकामा आज मतदानमा ३८ जनाको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति