दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाद्वारा सबैखाले क्रिकेटबाट सन्यासको घोषणा

दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले सन्यासको घोषणा गरेका छन् । ३९ वर्षका अमलाले हिजो सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

अमला दक्षिण अफ्रीकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी पनि हुन् । उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए ।

उनले सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रीकाका लागि खेल्दा सबैखाले फम्र्याटमा १८ हजार ६७२ रन बनाएका छन् ।

अमलाले दक्षिण अफ्रीकाका लागि १ सय ८१ एकदिवसीय र ४४ टी–२० अन्तराष्ट्रिय खेल खेलेका थिए ।

CANBERRA, AUSTRALIA – NOVEMBER 19: Hashim Amla of South Africa celebrates and acknowledges the crowd after scoring a century during game three of the One Day International Series between Australia and South Africa at Manuka Oval on November 19, 2014 in Canberra, Australia. (Photo by Mark Metcalfe/Getty Images)
अन्तराष्ट्रिय खेलकुद