न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने

 जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् ।

बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् ।

उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । लेबर दलको उपनेताले समेत पार्टी नेतृत्वमा रुची नभएको बताएका छन् ।

न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।

अन्तराष्ट्रिय