लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला ओली पक्राउ

दाङ – महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री ओली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा ओली पक्राउ पर्नुभएकाे हाे । 

आज बिहान ८ बजेतिर दाङको  तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डी पछाडि रहेको बस्नेतको घरमा पुगेर ओलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे। 

मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आरोपित राज्यमन्त्री ओलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगिएकाे छ । ओलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परि ज्यान गएकाे थियाे । उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी ओली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ । 

केही समय पहिले राज्यमन्त्री ओली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।

मुख्य समाचार राजनीति समाचार