कर्णाली सरकारले पायो विश्वासको मत

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा शर्मालाई २५ सांसदको मत प्राप्त भएको हो।४० सदस्यीय प्रदेशसभामा पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो।  मुख्‍यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन्। मुख्यमन्त्री शर्माले नियुक्त भएको १०औँ दिनमा विश्वासको मत लिएका हुन्।

कर्णाली प्रदेश प्रदेश समाचार राजनीति समाचार