ल्होसारको अवसरमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोनम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। शुभकामना सन्देश जारी गरी प्रचण्डले ल्होछारप्रेमी सुस्वास्थ्य, समृद्धि, प्रगतिको कामना गरेका हुन्। नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति भन्दै उनले यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन्।

‘यहाँ बसोबास गर्ने सबै जाति/जातजातिको आ–आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो’, उनको सन्देशमा उल्लेख छ, ‘यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो। यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’

उनले ल्होसार लगायत सबै साँस्कृतिक पर्व राष्ट्रिय संस्कृतिको परिचय भएको भन्दै यिनको प्रवर्धनमा राज्यले ध्यान दिनुपर्ने बताएका छन्। 

मुख्य समाचार राजनीति समाचार