बकैयामा दुईवटा मोटरसाइकल दुर्घटना: ४ घाइते १ गम्भीर

हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ। 

शुक्रबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपरको बकैया- ३ हातिसुडेमा उक्त दुर्घटना हुदा चारजना घाइते भएका हुन्।हातिसुडेबाट फापरबारी तर्फ जादै गरेको ना ४१ प ३००८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो। 

दुर्घटनामा   ना ४१ प ३००८ नम्बरको मोटरसाइकल चालक  मकवानपुर बकेया- ३ हातिसुडे बस्ने १७ बर्षीय हिमाल जिम्बा, बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल चालक बकैया-३ बस्ने १८ बर्षीय बासन्त डङ्गोल, सोही मोटरसाइकलमा सवार बकैया-३ बाघमारा बस्ने बर्ष २३ वर्षीय सुजन गुरुङ र सोही मोटरसाइकलमा सवार सोही स्थान बस्ने २२ बर्षीय तिर्थ लामिछाने रहेको मकवानपुर प्रहरीले जनाएको छ।

ना ४१ प ३००८ मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।अन्य घाइतेको पनि हेटौंडा मोडल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

समाज