मनहरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको मनहरी-६ नयाँबस्तीमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।शुक्रबार साँझ हेटौंडाबाट चितवन जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्करले विपरित दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा-१५ जाते का ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका तितुङको गएराति चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर र चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार