राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी श्रममन्त्री डोलप्रसाद अर्यालले पाएका छन्।सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि शुक्रबार राति बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने बताएका छन्।

मुख्य समाचार राजनीति समाचार