रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र

रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

गत शुक्रबार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउनका लागि आवश्यक प्रक्रिया पुरा नगरेको ठहर गर्दै लामिछानेको सांसद तथा उपप्रधान एवम् गृहमन्त्रीको पद खारेज गरेको थियो ।

मुख्य समाचार राजनीति समाचार