परराष्ट्रमन्त्री बिहीबार श्रीलंका जाने

परराष्ट्रमन्त्री डा. विमला राई पौडेल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छिन्।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री पौडेलको श्रीलंकाको भ्रमणलाई स्वीकृति प्रदान गरेको हो । परराष्ट्रमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन्।  

भ्रमणका क्रममा मन्त्री पौडेलले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछिन्। उनले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछिन्।

भ्रमण सकेर उनी आइतबार नेपाल फर्किने कार्यक्रम छ।  

मुख्य समाचार राजनीति समाचार