थप १२ जनामा कोरोना संक्रमण

नेपालमा आज १२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ८५० जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै अवधिमा पाँचजना निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको छ। कोरोनाविरुद्धको खोप लगाएको विवरण भने उल्लेख गरिएको छैन।

समाज