बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु, बसमा आगजनी

काभ्रे-नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्।

यतिबेला बीपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।

समाज