गृह पाउन रास्वपाले धैर्य गर्नुपर्छ : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धैर्य गर्नुपर्ने बताएका छन्। 

स्थायी कमिटी बैठकपछि बिहीबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै महराले अहिले मुद्दा नसकिएकाले धैर्यता गर्नुपर्ने बताएका हुन्। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले धैर्य गर्नुपर्छ, किनभने उसको मुद्दा सिद्धिएको छैन, फैसलाको पूर्णपाठ आएको छैन।’ महराले भने, ‘मन्त्रिमण्डलमा के गर्ने भनेर निर्णय गर्न नै बाँकी छ।’

केपी ओलीले गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने भनि दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा महराले भने, ‘उहाँको भनाईले सत्ता साझेदारीमा कुनै समस्या पैदा भएको छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने माग गरिरहे पनि तत्काल प्रधानमन्त्रीले आफैंले सम्हालिरहेका छन्।  

राजनीति समाचार