एचआइडी नजिक सवारी दुर्घटना हुँदा एकजना गम्भीर घाइते

हेटौंडा ।  मकवानपुरको हेटौंडा-९ एचआइडी नजिक सवारी दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

गएराति रातोमाटेबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना १ क ७३७७ नम्बरको डिब्बा ट्रकमा सोही दिसाबाट आउँदै गरेको मधेश प्रदेश ०३-०२७ प ६२७० नम्बरको स्कुटर ट्रकको पछाडि ठोक्किदा दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ३५ वर्षीय गोकर्ण गिरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते गिरीको हेटौंडामा उपचार सम्भव नभपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना पछि आक्रोसित स्थानीयले ट्रकमाथि ढुगां प्रहार गरेका छन् । ढुंगा प्रहारबाट ट्रकको अगाडीको सिसा फुटेको छ भने ढुगां रोक्ने क्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुमन बानियाँको बायाँ आँखामाथि चोट लागेको र ४ वटा टाँका लगाइएको डिएसपी कार्कीले बताए ।

गएराति नै घटनास्थलमा खटेको २० जना प्रहरीको टोलीले दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हेटौंडा-९ को एचआइडी क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।

समाज