निमाविमा ६८६ शिक्षकको माग

 शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ। विभिन्न विषयमा गरि ६८६ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ। 

आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ।

https://drive.google.com/file/d/1KCgVXTqmgWE1Ss-s_VmVkISMGOxBoLpH/preview

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट माघ २७ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जनाएको छ। 

शिक्षा समाचार