फागुन १ मा बागमती सरकारले दियो सार्वजनिक बिदा

बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ।

यस्तै कर्णाली प्रदेश सरकारले पनि प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ। त्यसका लागि कर्णाली सरकारले बिदाको घोषणा गरेको छ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने जनाएको छ।

२०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो।

प्रदेश समाचार बागमती प्रदेश समाचार