सांसद दसौंदीद्वारा शपथ ग्रहण

माण्डाै – राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारमा रहेकाे सङ्घीय संसद् सचिवालय भवनमा आज शुक्रवार आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उपचुनावबाट निर्वाचित हुनुभएको हो ।

राजनीति समाचार