लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी हो : घनश्याम भुसाल

 नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै नेता भुसालले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टीमात्रै रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो हाे जसले अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन् । त्यस्तो समाज, व्यवस्था, राजनीति, अर्थतन्त्र निर्माण गर्ने कुरामा एक्लै हुनुहुन्न । यो कार्यमा तपाईँहरू एक्लै हुनुहुन्न । धेरै मान्छे तपाईँहरूसँग छन् ।’

नेता भुसालले अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरूले नेतृत्व गरेमा त्याे देशले सफलता नपाउने बताउनुभयाे ।

राजनीति समाचार