मोटरसाइकलमा यात्रा गर्दा ढुंगा लागेर मृत्यु

सुर्खेत : रुकुम आठबीसकोट नगरपालिका-११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर मृत्यु भएको छ।

जाजरकोट नलगाड नगरपालिका-५ कालीमाटीबाट खारातर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई नगरअस्पताल दल्लीमा ल्याएर उपचार गर्दा गर्दै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले जानकारी दिए।

बसको ठक्करबाट सुर्खेतमा एक वृद्धको मृत्यु भएको छ। आइतवार दिउँसो अन्दाजी २:३० बजेको समयमा बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६५ वर्षकी महिलालाई दिएको थियो।​

ठक्कर दिएलगत्तै उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको र उपचारका क्रममा दिउँसो २:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बसलाई नियन्त्रणमा लिएको छ। चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

समाज