राजावादी पार्टी सरकारमा रहेर जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु निर्लज्जताको पाराकाष्टा- थापा

२९ माघ,हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिनु गलत भएको बताएका छन् ।
२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरुगरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक विदादिने सरकारको निर्णय आपत्तिजनक छ थापाले भनेका छन् ।

हजारौ निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन।राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी समेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पाराकाष्टा हो। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ? उनले प्रश्न गरेका छन् ।
उनको भनाई जस्ताको तेस्तै :

मुख्य समाचार राजनीति