प्रेम आचार्यको परिवारलाई बिमाको दावी रकम हस्तान्तरण

 प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले दावीवापतको ५० लाख १२ हजार १९४ रूपैयाँ भुक्तानी गरिएको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो।

नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा अर्को दिन बिहान मृत्यु भएको थियो। 

कम्पनीले दाबी भुक्तानीवापतको रकम मृतक आचार्यकी पत्नी नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए। आचार्यको निधन भएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ।

समाचार समाज