राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो : शंकर पोखरेल

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने भन्दै स्थायियत्वको कायम हुनुपर्नेमा जोड दिएका छन्।  सरकार परिवर्तनको चर्चा चलिरहँदा महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। 

‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो। मुलुकको हितमा स्थायित्वको खोजी गरौ, स्थायित्वलाई प्रवर्धन गरौ।’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्नेकुरा वुझ्न ढिला भएन र ?’

मुख्य समाचार राजनीति