गोवर्धन मठका ​शङ्कराचार्य भोलि नेपाल आउने

जगन्नाथपुरीस्थित गोवर्धन मठका स्वामी निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार नेपाल आउने भएका छन्।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागेको कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले जानकारी दिए।

सत्संग, प्रश्नोत्तरी कार्यक्रम तथा उनको आशीर्वचन कार्यक्रम तय भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए। 

समाचार