केपी ओली कपको हेटौँडामा प्रचारप्रसार

आगामी फागुन ११ बाट १७ गतेसम्म हुने केपी ओली कपको हेटौँडामा पनि प्रचार गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारप्रसार स्वरुप हेटौँडाको बुद्ध चोकमा पनि युवासंघ मकवानपुरले ब्यानर राखेर प्रचारप्रसार गरेको हो ।



एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघको आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् ।
सात दिनसम्म सञ्चालन हुन प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन् ।

यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयल अफ द म्याच’ लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

खेलकुद