बकैया आधारभूत स्वास्थ्यचौकीको छतबाट खसेर एक वृद्ध गम्भीर घाइते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ४ गरगरे स्थित बकैया आधारभूत स्वास्थ्य चौकीको छतबाट खसेर एक वृद्ध गम्भीर घाइते भएका छन् ।



स्वास्थ्य चौकीमा जारी आँखा शिविरमा आँखा जाँच गर्न आएका बकैया-७ हात्तिखोलाका ८० वर्षीय आइते माझी आज बिहान ३ बजे शौचालय जानेक्रममा स्वास्थ्य चौकीको छतबाट खसेर घाइते भएका हुन् ।

उनलाई उनको बुहारी अनिता माझीले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याएको प्रहरीले जनाएको छ । घटनाबारे थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

समाज