दुर्घटनामा परेर हेटौंडाका खुलाल घाइते

 पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङस्थित सामुदायिक प्रहरी कार्यालय अगाडि आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बिहान ८ः४० बजेको समयमा बिरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५०३९ न.को यात्रु बोकेको बसले भित्रि सडकखण्डबाट हाईवेतर्फ निस्कदै गरेको साइकललाई ठक्कर दिँदा एक जना घाइते भएको प्रहरी जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, दुर्घटनामा परेर साइकलयात्री हेटौंडा–११ सिमलटार बुद्धचोक बस्ने १४ वर्षीय बालक नवराज खुलाल घाइते भएका छन् । घाईते उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि थप उपचारको लागि भरतपुर पठाइएको छ ।

घाइते उनको टाउकोको हड्डी फ्याक्चर, बायाँ कुमको हड्डी फ्याक्चर भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज