बागमतीमा एक हजारभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना

मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा एक हजार भन्दा बढी पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमतीले आईतबार तथ्याङ्क सार्वजनिक गर्दै प्रदेशमा २०२२ मा उक्त घटनाबाट १ हजार ४२५ जना पीडित भएको जानकारी गराएको हो ।

इन्सेक बागमतीका अनुसार, उक्त घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ पुरुष गरी ३ सय ७५ जना पीडित भएको छ भने ज्यादतीका घटनामा अन्य पक्षबाट ८ सय ७७ जना महिला, १ सय ७२ जना पुरुष र १ जना यौनिक अल्पसङ्ख्यसहित १ हजार ५० जना पीडित भएका छन् ।

समाचार