राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने

 राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो ।



राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकाअध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोनामहामारीको कारण कार्यकालमा सोचेझैं कामगर्न नसकिएको उनले बताए । कलाकर्मीहरुलाई कोरोनामहामारीको कहर एकदमै कष्टकर भएको उनले बताए । सबै फूलहरुलाई फूलाउँछु भनेर बार लगाए पनि त्यस्तो सम्भवन भएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरु लागि परेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपूर सदूपयोग गर्ने कोशिस गरेको बताए ।


उनले आफूले कतिपय काम प्रचारमा ल्याउन नचाहेर केहीकाम गर्न नसकेको भन्ने आरोप आफूलाई लाग्ने गरेको पनि बताए । आफूले प्रतिष्ठानको जिम्मेवारीमा रहेर पाएको समयलाई भरपुर सदुपयोग र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्ने कोशिस गरेको उनले बताए । ‘प्रतिष्ठानकोे अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु । यो कार्यकाल सफल गर्नका लागिमलाई पूर्व अध्यक्षज्यूहरुको विश्वास, सहयोग र साथले मलाई बढी हौसलादियो,’ उनले भने ।


कोभिडको बेलामा प्रतिष्ठानलाई देश विदेशबाट प्राप्त भएको सहयोगका लागि पनि उनले विशेष धन्यवाद दिए । यस पटकको महाधिवेशनको जिम्मा लिएर महाधिवेश नस्थलको रुपमा धादिङ जिल्लालाई छानेको उनले बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमिभएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले स्पष्ट पारे । कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको उनले बताए । साथै, जिम्मेवारी पाएका व्यक्तिहरुले गरेको निमन्त्रणा स्विकारेर कार्यक्रममा उपस्थितभइदिन पनि उनले सबैलाई आग्रह गरे ।


आठौं महाधिवेशनमा चर्चित गायक पशुपतिशर्माले पनि चाहना राखेको बताइएको छ । आफूहरुले सर्वसम्मतबाट नेतृत्वको चयन गर्न खोजिरहेको र सर्वसम्मत् नेतृत्वचयन हुँदै गर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष रीताथापालाई प्रतिष्ठानले अघि सार्ने अध्यक्ष बिजीले बताए । सके सम्म सबै पदाधिकारीको नेतृत्वचयनमा सर्वसम्मत प्रकृया अवलम्बन गरिने उनले बताए । अध्यक्षमा आफू दोहोरिने कुनै मनशाय नभएको उनले बताए । आठौं महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशकामुख्यमन्त्री शालिकराम जम्कटेलको उपस्थिति रहने बताइएको छ ।



महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष एवं चर्चित गायक बद्रीपंगेनी, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा, प्रतिष्ठानका अन्यपदाधिकारीहरु अमृत अधिकारी, रीताथापा, राजकुमार रायमाझी, प्रकाश बराइली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालनमहासचिव सुवास केसीले गरेकाथिए ।

मनोरञ्जन समाचार