निर्माण व्यवसायी भेटवाल प्रहरीको फन्दामा

 निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । भेटवाल बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ परेका हुन् । उनलाई घरबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिरहेका भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

भेटवाललाई केही वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा पक्राउ गरेको थियो ।

समाज