आजदेखि यी जिल्लाहरुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

आजबाट १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । आजदेखि आगामी फागुन २५ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान संचालन भएको हो ।

२ वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राख औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने स्थानमा गएर औषधि खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

समाचार